दफा २९
जिल्ला अदालतको स्थापना र जिल्ला न्यायाधीशको पदमा पदस्थापन भएको मानिने
(१) यो ऐन प्रारम्भ हुँदाका बखत कायम रहेका जिल्ला अदालतहरू यसै ऐन अन्तर्गत स्थापना भएको मानिनेछन्।
(२) यो ऐन प्रारम्भ हुँदाका बखत कायम रहेका जिल्ला अदालतहरूमा कार्यरत जिल्ला न्यायाधीशहरू तत्तत्जिल्ला अदालतमा स्वतः पदस्थापन भएको मानिनेछ ।